logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रेस स्वतन्त्रता सेनानी बर्माको कोरोना संक्रमणबाट मृत्यु

प्रेस स्वतन्त्रता सेनानी बर्माको कोरोना संक्रमणबाट मृत्यु


  • शुक्रबार, कार्तिक २१ २०७७

  • काठमाडौं । नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष तथा सामाजिक व्यक्तित्व सीतारामप्रसाद बर्माको निधन भएको छ । कोरोना संक्रमण देखिएपछि केही दिन अघिदेखि काठमाडौंको किष्ट अस्पतालमा उपचाररत बर्माको आज बिहान निधन भएको हो ।

    उहाँले प्रेस स्वतन्त्रता सेनानीको सम्मान पनि पाउनुभएको थियो । जीवनको झण्डै तीन दशक पत्रकारितामा सक्रिय बर्माले केही समयअघि कोरोना संक्रमणबाट आफ्नो पत्नीलाई समेत गुमाउनुभएको थियो । बर्मा धादिङबाट राष्ट्रिय समाचार समितिमा विगत २७ वर्षदेखि जिल्ला संवाददाताको रुपमा कार्यरत रहनुभएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय