logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बैंक अफ काठमाण्डूको साधारण सभा १५ मंसिरमा

बैंक अफ काठमाण्डूको साधारण सभा १५ मंसिरमा


  • बिहिबार, कार्तिक २० २०७७

  • काठमाडौं । बैंक अफ काठमाण्डूले मंसिर १५ गते साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न १६७ औं बैठकले बैंकको प्रधान कार्यालय कमलपोखरीमा भिडियो कन्फरेन्स मार्फत साधारण सभा बोलाउने निर्णय गरेको हो ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कार्तिक २८ गते शुक्रबार शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार कार्तिक २७ गते बिहीबारसम्म नेप्सेमा कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

    बैंकको साधारण सभाले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट १३ प्रतिशत ९१ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ बोनस र कर सहित ३ प्रतिशत नगद ९२५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख छ । बोनस वितरणपछि चुक्ता पूँँजी ९ अर्ब ९१ करोड ४५ लाख पुग्नेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय