logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

म्याग्दीका तीनवटा गाउँपालिका बन्द

म्याग्दीका तीनवटा गाउँपालिका बन्द


  • बिहिबार, कार्तिक २० २०७७

  • काठमाडौँ । समुदायस्तरमै लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि म्याग्दीका तीनवटा गाउँपालिका र मुख्य बजारहरू बन्द गरिएको छ ।
    बेनी नगरपालिका, मालिका गाउँपालिका र मंगला गाउँपालिकाको कार्यालयसहित बैंक, वित्तीय र सहकारी संस्थाहरू बन्द गरिएको हो ।

    म्याग्दीमा एक सातायता कोरोना समुदायस्तरमा नै फैलिएको छ । प्रदेशसभाका सदस्यदेखि लिएर नेकपा र कांग्रेसका जिल्लास्तरीय नेतासम्ममा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले नगरपालिका र उद्योग वाणिज्य संघको अनुरोधमा बजारमा कडाइ गर्न थालेको हो ।

    मालिका गाउँपालिकाले आजदेखि एक हप्ताका लागि सेवा प्रवाह बन्द गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभएको छ । दरवाङ बजारका पसलसमेत बन्द गराइएको अध्यक्ष रोकाले बताउनुभयो ।

    बेनी नगरपालिका र बजार १४ कात्तिकदेखि नै बन्द छन् भने मालिका र दरबाङ बजार गएरातिदेखिनै बन्द भएका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय