logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हुम्लामा कोरोना संक्रमण संख्या शून्य, आजबाटै पढाइ हुन थाले विद्यालयहरुमा

हुम्लामा कोरोना संक्रमण संख्या शून्य, आजबाटै पढाइ हुन थाले विद्यालयहरुमा


  • बुधबार, कार्तिक १९ २०७७

  • हुम्ला । हुम्लाको सिमकोटका विद्यालयमा आजदेखि पढाइ हुन थालेका छन् । कोरोना महामारीले सात महिनादेखि बन्द विद्यालयहरुमा सामाजिक दूरी कायम गरी आजबाट पढाइ हुन थालेका हुन् ।

    पालिकामा सामुदायिक र निजी गरी २८ विद्यालय छन् । जिल्ला सदरमुकाम सिमकोटमा रहेका मानसरोवर, बालमन्दिर, भीमसेन र कालाशील्तालगायत सामुदायिक विद्यालयले आफ्नै खर्चमा मास्क र सेनिटाइजरको प्रबन्ध गरेका छन् ।
    हुम्लामा कोरोना संक्रमण शून्य
    हुम्ला जिल्लामा आजदेखि कोरोना संक्रमण शून्य रहेको छ । सशस्त्र प्रहरी बलका एक संक्रमितमा कोरोना नेगेटिभ भएसँगै हुम्लामा संक्रमितको संख्या शून्य  भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुुभयो ।

    हुम्लामा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको थियो भने उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय