logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौंमा जाडो बढ्यो

काठमाडौंमा जाडो बढ्यो


  • मंगलबार, कार्तिक १८ २०७७

  • काठमाडौं । पछिल्ला केहि दिन यता नेपालमा जाडो सुरु भएको छ । अहिले काठमाडौं उपत्यकाका केहि स्थानमा हल्का वर्षाका साथसाथै हुस्सु पनि लागि रहेको छ । पश्चिमी वायुसँगै स्थानिय वायुको प्रभावका कारण आज उपत्यकामा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसअघि उपत्यकामा हुस्सु लागेको थिएन । पश्चिमी वायुकै प्रभावका कारण अहिले पश्चिम पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ । आज प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित धेरैजसो पहाडी क्षेत्र र प्रदेश २ र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली भएको छ ।

    आज काठमाडौंको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम २६।२७ डिग्री सेल्सियससम्म पुने अनुमान गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय