logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

६ हजार भाइल ‘रेमडेसिभिर’ वीरगन्ज भन्सार नाकाबाट आयात

६ हजार भाइल ‘रेमडेसिभिर’ वीरगन्ज भन्सार नाकाबाट आयात


  • सोमबार, कार्तिक १७ २०७७

  • काठमाडौं । कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको औषधि ‘रेमडेसिभिर’ ६ हजार भाइल वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ ।

    वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत विमल साहका अनुसार यो नाकाबाट हालसम्म भारतमा निर्मित ६ हजार भाइल रेमडेसिभिर आयात भइसकेको छ ।

    निजी क्षेत्रका तीन आयातकर्ताले आवश्यक प्रक्रिया पूरा गरी तीन वटा कन्साइन्मेन्टमा रेमडेसिभिर औषधि भारतबाट आयात गरेका हुन् ।

    सुरुमा इबोला भाइरस संक्रमित बिरामीको उपचारमा उपयोगी सावित यो औषधि हाल कोरोना संक्रमितको उपचारमा पनि उपयोगी भइरहेको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय