logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वीरगन्ज महानगरका स्कुलमा आजदेखि पठनपाठन हुने

वीरगन्ज महानगरका स्कुलमा आजदेखि पठनपाठन हुने


  • सोमबार, कार्तिक १७ २०७७

  • काठमाडौं । कोरोना महमारीका कारण ७ महिनादेखि बन्द रहेका वीरगन्ज महानगरका सामुदायिक विद्यालय आजदेखि खुल्ने भएका छन् । ८, ९ र १० कक्षाको मात्रै आजदेखि पठनपाठन हुने छ । नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सन्चालन गर्ने निर्णय गरिएको नगर प्रमुख विजय सरावगीले जानकारी दिनुभएको छ ।

    कोरोना भाइरस संक्रमणको महामारीमा विद्यार्थीको स्वास्थ्य जोखिममा पर्ने भएकोले चैत ५ गतेदेखि नै देशभरका विद्यालय बन्द छन् । महानगरमा रहेका निजी विद्यालय भने सरकारको निर्देशन विपरित र महानगरको अनुमति बेगर आफूखुशी गत बिहीबारदेखि सन्चालनमा आइसकेका छन् ।

    आजदेखि सन्चालनमा आउने विद्यालयको महानगरपालिकाले एक सातसम्म अनुगमन गर्ने र त्यसकै आधारमा कक्षा ६ र ७ को पनि पठनपाठन सुचारु गर्ने वा नगर्ने विषयमा आवश्यक निर्णय गरिने सरावगीले बताउनुभएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय