एजेन्सी । टर्कीमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानले टेलिभिजनमार्फत सम्बोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुगेको पुष्टि गरेको जनाइएको छ ।
मृत्यु हुनेमा दुई जना ग्रिसका रहेको जनाइएको छ । भूकम्पका कारण अहिलेसम्म आठ सय जना घाइते भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अझै केही मानिस बेपत्ता छन् ।
टर्कीको इज्मिर सहरमा शुक्रबार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछि भत्केका भवनहरूमा मानिसहरू फसेको आंशकामा खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ ।