कठमाडौं । तीन जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुने जिल्लामा मुस्ताङ, मनाङ र बाजुरा रहेका छन् ।
नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा निको हुनेको संख्या पनि बढीरहेको छ । हालसम्म नेपालमा ७७ दशमलव ७ प्रतिशत निको भइसकेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,६२२ सहित मुलुकभर २,८२४ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा ३,६२० जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै डिस्चार्ज हुनेको संख्या १,३४,८४२ पुगेको छ ।