logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बल्छी धुर्बे र राजु मास्टरले एकसाथ छाडे ‘मेरी बास्सै’

बल्छी धुर्बे र राजु मास्टरले एकसाथ छाडे ‘मेरी बास्सै’


  • आइतबार, चैत्र १० २०७५

  • काठमाडौं : चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सै बन्द हुने खतरामा पुगेको छ । यसका मुख्य कलाकार, लेखक तथा निर्देशक राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले एकैपटक शो छाडेका छन् । निर्माण कम्पनी मिडिया हबसँग विभिन्न विषयमा सहमति हुन नसक्दा ‘मेरी बास्सै’बाट अलग भएको मरिचमान श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

     

    सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा)ले टेलिश्रृंखला छोडेसँगै यिनै दुईले दर्शक हसाउँदै आएका थिए । टेलिश्रृंखला निर्देशन एवं लेखनमा सक्रिय दुवैजना अबको ५९५ भागमा देखिने छैनन्। दुवै जना अब नयाँ टेलिश्रृंखलामा देखिने चर्चा छ। यद्यपि नयाँ श्रृंखलाबारे दुवैले केही बोलेका छैनन् । राजु पौडेल भने यसअघि नै अर्को हास्य टेलिसिरियलमा पनि सक्रिय छन् ।

    मरिचमान श्रेष्ठले फेसबुकमा लेखेका छन् ‘एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुन दिशामा नि आफ्नो पखेटा फैलाएर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कहिले उसको टाउकोमा चोट लाग्छ, कहिले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर हजुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौ।

    प्रसङ्ग मेरी बास्सैको हाम्रा गुरुहरु केदार धिमिरे(माग्ने बुढा)तथा सिताराम कटेल(धुर्मुस)ले छोडेपछि हामीद्वय राजु मास्टर र मेरो कथामा हामी आफैले निर्देशन गर्दै आएको मेरी बास्सै मिडिया हबसंग विभिन्न कुरामा सहमती हुन नसक्दा आजको मितीबाट हामीले मेरी बास्सैबाट अलग भएका छौँ। यस कदमबाट हाम्रा भगवानरुपी दर्शकहरुमा पर्न गएको असर प्रति क्षमाप्रार्थी छौँ। हाम्रा दर्सकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाडो भन्दा चाडो यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरु माझ आउने छौँ। र सधै यस्तै मायाको अपेक्षा गर्नेछौ। धन्बाद । बल्छी/राजु।’

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय