काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसारण हुने मिडिया बिफ्रिङ भोलिदेखि पाँचदिनसम्म नहुने भएको छ । भोलिदेखि मन्त्रलायको भाइबर ग्रुप र मन्त्रालयको वेवसाइइबाट जानकारी अपडेट हुने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भोलिबाट लाइभ मिडिया अपडेट नगर्ने जनाकारी दिनुभएको हो । उहाँले हिजो भने मिडिया बिफ्रीङ थप परिमार्जन गरी प्रसारण हुने समेत बताउनुभएको थियो ।
अबदेखि कोरोना संक्रमण रोकथाम र अन्य जानकारी बिफ्रिङकै समयमा सामाजिक सञ्जालमा अपडेट गरिने प्रवक्ता गौतमले बताउनुभयो ।