logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भोलीदेखि विज्ञापन रहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह

भोलीदेखि विज्ञापन रहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह


  • बिहिबार, कार्तिक ६ २०७७

  • काठमाडौं ।  सरकारले कात्तिक ७ गते (भोली) देखि विज्ञापन रहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।
    आज सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ७ गते देखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गर्नुभएको हो ।

    नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गते सम्म रहेकोले उक्त दिन देखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न आग्रह गर्नुभएको हो । २०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो ।

    त्यसको ठिक एकवर्ष देखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गते भित्र विदेशी च्यानलमा विज्ञापन रहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ । क्लिनफिड कार्यान्वयनमा आए नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्नेपनि मन्त्री गुरुङ्ले स्पस्ट पार्नुभएको छ ।

    मन्त्रालयका सहसचिव डिल्रिाम शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन भइसकेको छ । नवगठित विज्ञापन बोर्डले क्लिन फिड लागू भए नभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पुरा गरिसकेको छ । कात्तिक ८ गते देखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनैपनि सेवाप्रदायकलाई कानुन अनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताउनुभयो ।

    यसैविच सरकारले विदेशी च्यानलहरुको प्रशारणमा विज्ञापन रहित (क्लिन फिड) लागू गरेसँगै उपभोक्तामा थप आर्थिक भार थपिने भएको छ । नेपाल सरकारको नीति अनुसार विदेशी सशुल्क च्यानलले विज्ञापन रहति विषयवस्तु प्रशारण गर्न साविकको मूल्यमा दिन नसक्ने बताएका छन् ।

    सुविसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले विज्ञापन रहित प्रशारण हुन थालेपछि ग्राहकले कम्तिमा २५ प्रतिशत थप शुल्क तिर्नुपर्ने अवस्था आउने बताउनुभयो । साथै च्यानलहरुलाई व्यवस्थित रुपमा हेर्न अझै तीनचार महिना कुर्नुपर्ने पनि उहाँले बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय