logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज कात्यायनीको पूजा गरिँदै

आज कात्यायनीको पूजा गरिँदै


  • बिहिबार, कार्तिक ६ २०७७

  • काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज ‘कात्यायनी’को पूजाआजा गरिदैँछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ ।

    आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा हुन लागेको हो । दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक किम्वन्ती छ ।

    आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिको छ ।

    नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय