बुटवल । रुपन्देही र अर्घाखाँचीका दुईजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
यस्तै असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीका पुरुषको गए राति साढे ९ बजे मृत्यु भएको डा. गौतमले बताउनुभयो ।
सम्बन्धित समाचार
थप