logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

विराटनगरमा आजदेखि ६ दिनसम्म स्वाब संकलन नहुने

विराटनगरमा आजदेखि ६ दिनसम्म स्वाब संकलन नहुने


  • बिहिबार, कार्तिक ६ २०७७

  • मोरङ । दशैँ बिदा परेको भन्दै विराटनगरमा आजदेखि स्वाब संकलन रोकिएको छ । कोरोना जाँचका लागि विराटनगर महानगरपालिकाले संकलन गर्दै आएको स्वाब संकलन ६ दिन बन्द गर्ने निर्णय गरेको हो ।

    महानगरले आजदेखि कात्तिक १२ गतेसम्म स्वाब संकलन बन्द गर्ने निर्णय गरेको हो । दशैंको विदामा कोशी अस्पताल विराटनगरले कोरोना जाँच नगर्ने बताएपछि स्वाब संकलन रोक्नु परेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

    हिजो सूचना प्रकाशित गर्दै विराटनगर महानगरपालिकाले जैन भवन र मोबाइल भ्यानबाट हुने स्वाब संकलन १२ कात्तिक सम्मका लागि रोकिने जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय