logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विराटनगरमा माछाकाे आयात ठप्प भएपछि बढ्यो माछाको मुल्य

विराटनगरमा माछाकाे आयात ठप्प भएपछि बढ्यो माछाको मुल्य


  • आइतबार, चैत्र १० २०७५

  • विराटनगर : माछा आयात ठप्प भएपछि विराटनगर आसपासका क्षेत्रमा माछाको मूल्य करिब १ सय रुपैयाँसम्म बढेको छ । सरकारले चैत्र १ गतेदेखि माछा मासु आयातमा क्वारेण्टाइन प्रमाणपत्र अनिवार्य गरेपछि विराटनगर भन्सार नाका  हुँदै आएकाे माछाकाे आयात ठप्प भएको हो ।

     

    विराटनगर भन्सार भएर दैनिक करिब ४ मेट्रिक टनसम्ममाछा आयात हुने गरेको थियो । भारतको आन्ध्रप्रदेश र कलकत्ताबाट आउने माछा भन्सार नाकामा सामान्य चेकजाँच हुँदै आएकोमा सरकारले क्वारेण्टाइन प्रमाणपत्र अनिवार्य गरेपछि आयात घटेकाे हाे ।

     

    विराटनगरको सिमावर्ती बजार जोगबनीनजिक क्वारेण्टाइन कार्यालय नभएकाले माछा आयातमा समस्या भएको माछा आयातकर्ताहरुले बताएका छन् । भारतबाट मरेको माछा आयात हुने गरेको गुनासो आएपछि सरकारले चैत्र १ गते देखि माछा मासु आयातमा क्वारेण्टाइन प्रमाणपत्र अनिवार्य गरेको र अहिलेसम्म एक किलो पनि माछा आयात नभएको पशु क्वारेण्टाइन कार्यालय विराटनगरले जनाएको छ ।

     

    विराटनगरमा दैनिक करिब ५ मेट्रिक टन माछा खपत हुने गरेको छ । मोरङमा खपत हुने माछामा स्थानीय तहबाट ३० प्रतिशत र भारतबाट करिब ७० प्रतिशत आपूर्ति हुँदै आएको छ ।

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय