logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बिपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

बिपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु


  • मंगलबार, कार्तिक ४ २०७७

  • धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं १६ का ९० वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा आज साँझ मृत्यु भएको हो ।

    प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनलाई गत असोज ३० गते कोरोना पोजेटिभ भएको थियो । उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत रहेका उनलाई यही कात्तिक १ गते अस्पताल भर्ना गरिएको थियो ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय