logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कर्णाली समस्या समाधानका लागि नेकपा दुई अध्यक्षवीच छलफल

कर्णाली समस्या समाधानका लागि नेकपा दुई अध्यक्षवीच छलफल


  • आइतबार, कार्तिक २ २०७७

  • काठमाडौं । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच कर्णालीे विवादको समाधानबारे छलफल भएको छ । पार्टी भित्रको आन्तरिक समस्या चर्किने गरी पछिल्लो समय कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि आज अपराह्न दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो ।

    कर्णालीमा नेकपाकै १८ जना सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत आइतबार पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको केन्द्रीय राजनीति समेत तरंगित बनेको थियो । पछि २ जना अध्यक्षको ‘हस्तक्षेप’बाट अविश्वास प्रस्ताव प्रकरण रोकिएको थियो ।

    अध्यक्ष ओली र प्रचण्डकै निर्देशनानुसार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसहित उनीविरुद्ध अश्विासको प्रस्ताव ल्याउने ओली पक्षका भनिएका यामलाल कँडेलसहित नेताहरु काठमाडौं आएका थिए । काठमाडौं आएका कर्णालीका नेताहरुले बिहीबार र शुक्रबार प्रचण्ड तथा शनिबार ओलीसँग छलफल गरेका थिए ।

    प्रचण्डले कर्णालीका दुवै पक्षका नेतालाई छुट्टा छुट्टै रुपमा बोलाएर उनीहरुका कुरा सुन्नुभएको थियो भने ओलीले शनिबार सामूहिक रुपमा दुवै पक्षका नेताहरुका कुरा सुन्नुभएको थियो । कर्णालीको समस्याबारे एक्ला–एक्लै रिपोर्टिङ लिएपछि नेकपाका दुई अध्यक्षहरु आज सामूहिक छलफलमा जुट्नुभएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय