logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गस्तीमा जाँदा बेपत्ता भएका असईको शव फेला, जवानको अवस्था अज्ञात 

गस्तीमा जाँदा बेपत्ता भएका असईको शव फेला, जवानको अवस्था अज्ञात 


  • आइतबार, कार्तिक २ २०७७

  • कैलाली । कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज असई गोविन्द विकको शव cfh बिहान नेपाल–भारतको सीमा नदी मोहनामा फेला परेको छ ।

    उनको हत्या गरी शव नदीमा फ्याँकिएको अनुमान गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताउनुभयो ।

    गस्तीमा गएका प्रहरीको तस्करसँग झडप भएको हुन सक्ने उनको अनुमान छ । असईसँगै बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउद भने  अझै वेपत्ता छन ।  उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    जुगेडा धनगढीनजिकैको नेपाल–भारत सीमा क्षेत्र हो । त्यहाँस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत १० प्रहरीमध्ये इन्चार्ज विक प्रहरी जवान साउदलाई लिएर गएराति मोटरसाइकलमा सीमा क्षेत्रको गस्तीमा गएको प्रहरीको भनाइ छ ।

    बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीको अत्तरियास्थित सुदूरपश्चिम वाहिनीको गोताखोर टोलीसमेत मोहना नदीमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय