काठमाडौं । कवि तथा युवा नेतृ ईन्दिरा निरौलाको नयाँ गीत “ए आमा म जिउदै मरे” सार्वजनिक भएको छ। “ए आमा म जिउदै मरे” गीतमा समिक्षा अधिकारीको स्वर रहेको छ भने साहित्यकार तथा युवा नेतृनिरौलाको शब्द, बिमलराज क्षेत्रीको संगीत, रमेश सेञ्चुरीको संगीत तथा कुमार रानाको मिक्सिङ रहेको छ।
यस गीतको भिडियोमा प्रकाश भट्टको कथा, निर्देशन रहेको छ भने करण चैशिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ। गीतको भिडियोमा जुना एस.डी. लगायत अन्य कलाकारहरुको बेजोड अभिनय रहेको छ। यस गीतलाई बिमलराज क्षेत्रीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
यस गीतमा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै माईत जान नपाएको, माईतीको आगनी नै प्यारो हुन्छ भन्ने कुरा यस गीतमा समेट्ने प्रयास गरिएको छ। गीतको भिडियोमा पुरुषबाट बलात्कृत भएपछि नारी बिछिप्त भएर आन्दोलित भई अदालतसम्म न्यायको भिग माग्न पुगेको कुरा समाबेश गरिएको छ।
सम्बन्धित समाचार
थप