logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?


  • शनिबार, कार्तिक १ २०७७

  • काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज उल्लेखनीय मौसमी प्रणाली छैन।

    महाशाखाले हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भइरहेको र बाँकी भूभागहरूमा सामान्यतया मौसम सफा रहको जनाएको छ ।

    महाशाखाका अनुसार दिउँसो प्रदेश १ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागहरुमा सामान्यतया मौसम सफा रहनेछ।

    भने, प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राति प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

    यता, प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय