logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

यस वर्षको मनसुन आजदेखि बाहिरियो

यस वर्षको मनसुन आजदेखि बाहिरियो


  • शुक्रबार, असोज ३० २०७७

  • काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते ९१२ जुन० देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि बाहिरिएसँग मौसम घमाइलो हुँदै गएको छ ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भू(भागबाट असोज १५ गते ९अक्टोबर १० नै बहिर्गमन भएको थियो । आजदेखि देशको सम्पूर्ण भू(भागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन निकालेर जनाएको छ । नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो ।

    यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् । गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय