logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विदेशी सिम र रिचार्ज कार्ड अनुमति लिएर मात्रै बिक्री वितरण गर्ने प्राधिकरणको निर्देशन

विदेशी सिम र रिचार्ज कार्ड अनुमति लिएर मात्रै बिक्री वितरण गर्ने प्राधिकरणको निर्देशन


  • शुक्रबार, फाल्गुन ९ २०८१

  • काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्नुअघि ‘नो–अब्जेक्सन’ प्राप्त गर्न निर्देशन दिएको छ ।

    प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो निर्देशन जारी गरेको हो । पछिल्लो समय विदेश यात्रा गर्न जाने व्यक्तिहरूलाई लक्षित गरी नेपालमा विदेशी सिम र रिचार्ज बिक्री हुने गरेको प्राधिकरणले जनाएको छ ।

    विदेशी मुलुकका दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणबाट नो–अब्जेक्सन लिनुपर्ने व्यवस्था रहेको भन्दै सोहीअनुसार अनुमति प्राप्त गर्न प्राधिकरणले सूचनामार्फत ध्यानाकर्षण गराएको हो ।

    सूचनामा भनिएको छ, ‘सिमकार्ड र रिचार्ज कार्ड बिक्री / वितरण गर्ने सम्बन्धित व्यक्ति/संस्थाहरूले यस प्राधिकरणबाट नो–अब्जेक्सन लिएर मात्र बिक्री बितरण गर्नु / गराउनुहुन सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइन्छ ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय