logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आठ ल्याटिन अमेरिकी ड्रग कार्टेललाई ट्रम्पले गरे विदेशी आतङ्कवादी सङ्गठन घोषणा

आठ ल्याटिन अमेरिकी ड्रग कार्टेललाई ट्रम्पले गरे विदेशी आतङ्कवादी सङ्गठन घोषणा


  • बिहिबार, फाल्गुन ८ २०८१

  • वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लागूपदार्थ र आप्रवासीहरूको तस्करी रोक्न कडा तरिका अपनाएको छ । ट्रम्प प्रशासनले आठ वटा ल्याटिन अमेरिकी लागूऔषध कार्टेललाई विदेशी आतङ्कवादी सङ्गठन घोषित गरेको छ । प्रशासनको यो निर्णयले अमेरिकामा सक्रिय कार्टेलहरू र उनीहरूका सहयोगीहरू माथि दबाब बढाउनेछ ।

    ट्रम्पले राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि जनवरी २० मा यो कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । बुधवार, ट्रम्पको आदेशलाई भेनेजुएलामा ट्रेन डे अरागुआ र एल साल्भाडोरमा एमएस–१३ लगायतका क्षेत्रहरूमा विस्तार गरिएको छ ।

    यस सम्बन्धमा बुधवार सूचना जारी गरिएको छ र यो बिहीबार सङ्घीय दस्तावेजमा प्रकाशित हुनेछ । अमेरिका–मेक्सिकोलाई सुरक्षित गर्नु ट्रम्पको प्रमुख प्राथमिकताहरू मध्ये एक हो । उनले देश निकाला, सीमामा सेना तैनाथ गर्ने र आप्रवासीहरूलाई फिर्ता लैजान केही देशहरूसँग सम्झौता गर्ने बारेमा कुरा गरेका छन् ।

    विदेशी आतङ्कवादी सङ्गठन भन्नाले सामान्यतया: अल–कायदा वा इस्लामिक स्टेट जस्ता राजनीतिक उद्देश्यका लागि हिंसा भड्काउने सङ्गठनलाई मानिन्छ । तर यी ड्रग कार्टेलहरूको गतिविधि र सम्बन्ध अन्तर्राष्ट्रिय भएको ट्रम्प मान्छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय