logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चैत यता ५० वटा नयाँ बीओपी निर्माण

चैत यता ५० वटा नयाँ बीओपी निर्माण


  • शुक्रबार, असोज ३० २०७७

  • काठमाडौं । सर कारले सीमाको सुरक्षा व्यवस्था बलियो बनाउँदै लैजाने उद्देश्यले बोर्डर आउट पोष्ट ९बीओपी० स्थापनामा तीव्रता दिएको छ । चैतयता मात्रै ५० वटा बीओपी स्थापना गरिएको छ ।

    भारतसँगको सिमानामा ४४ वटा र चीनसँगको सिमानामा ६ वटा बीओपी थपिएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिनुभयो ।

    हाल देशभर सीमामा १ सय ७२ वटा बीओपी स्थापना भएका छन् । बीओपीको संख्या भारतीय सीमानामा १ सय ६५ र उत्तरी सीमामा ७ पुगेको छ । प्रवक्ता अर्यालका अनुसार सरकारले २ सय २१ बीओपी बनाउने लक्ष्यका साथ काम गरिरहेको छ ।

    स्रोत साधान र जनशक्ति पुगेमा भारतको बराबर बीओपी स्थापना गर्ने सरकारको योजना छ । प्रत्येक २ देखि ३ किलोमिटरको दूरीमा बीओपी राख्ने सरकारको योजना छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय