logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन

सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन


  • मंगलबार, फाल्गुन ६ २०८१

  • काठमाडौँ । सिरहामा १७ वर्षीया किशोरीको मृत्युसम्बन्धी घटनामा छानबिन समिति गठन भएको छ । मधेस प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गर्दै एसपी शान्ति राज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन भएको जानकारी गराएको हो । उक्त समितिले आजै घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।

    घरमा झुन्डिएको अवस्थामा रिंकुकुमारी सदा मृत भेटिएकी हुन् । उनका आफन्त र परिवारले बलात्कृत भएपछि किशोरीले आत्महत्या गरेको दाबी गरेका छन् । आफन्तहरूले बलात्कारमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

    किशोरीका काकाले फागुन १ मा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान गर्न जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले रातोपाटीलाई बताए । उनले भने, ‘बलात्कार भएको विषयमा पनि अनुसन्धान हुन्छ, बलात्कार यकिन गर्न चिकित्सकको रिपोर्ट पर्खिरहेका छौँ ।’

    आत्महत्या दुरुत्साहन गरेको कसुरमा चिंकु भन्ने रुपेश मण्डललाई प्रतिवादी बनाएर मृतकका काकाले जाहेरी दिएका छन् । १९ वर्षीय मण्डल फरार छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय