logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु

बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु


  • मंगलबार, फाल्गुन ६ २०८१

  • दुर्घटना । बोलिभियामा एउटा बस दुर्घटना हुँदा ३० जना मानिसको मृत्यु भएको छ । चालकले नियन्त्रण गुमाउँदा दक्षिण पश्चिमी जिल्ला योकल्लामा ८०० मिटर तल बस खसेको स्थानीय प्रहरीले बताएका छन् ।

    यस घटनामा १४ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा चार जना बालबालिका पनि भएको स्थानीय अस्पतालका एक अधिकारीले भनेका थिए ।

    घाइतेमध्ये कयौँको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटना पोतोसी र ओरुरो सहरको बिचमा भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

    यो दक्षिण बोलिभियामा यो वर्षको अहिलेसम्मकै गम्भीर सडक दुर्घटना भएको बताइएको छ । बोलिभियामा सडक दुर्घटना आम घटना हुन् । गएको महिना पोतोसी नजिक भएको अर्को सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय