logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न स्पा संचालिका पक्राउ

नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न स्पा संचालिका पक्राउ


  • सोमबार, फाल्गुन ५ २०८१

  • काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका २६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाकी संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ५ घर भएकी ४१ वर्षीया स्मृति भन्ने रमिला गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

    उक्त स्पामा पार्लरको काम गराउने भनी आर्थिक प्रलोभनमा पारी स्पामा मसाज गर्नको लागि आउने ग्राहकहरूसँग जबरजस्ती वेश्यावृत्तिको काममा लगाएको भन्ने पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रमिलालाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।

    उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय