काठमाडौं । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट भएको छ । संघर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष विष्टमाथि ढुंगा प्रहार भएको र टाउकोमा समान्य चोट रहेको प्रहरीले जनाएको छ ।
सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयहरुले केही दिनअघि तालाबन्दी गरेका थिए । केन्द्रका विषयमा हिजो दिनभरी छलफल हुँदासमेत निष्कर्षमा नपुगेपछि साँझ ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा ५ जना प्रहरी, संघर्षरत पक्षका ६ जना र अध्यक्ष विष्टसँग रहेका अन्य तीनजना घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो ।