logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सांसदहरूलाई यूएसएडको मुख्यालयमा प्रवेश गर्न दिइएन

सांसदहरूलाई यूएसएडको मुख्यालयमा प्रवेश गर्न दिइएन


  • मंगलबार, माघ २२ २०८१

  • वासिङ्टन डिसी । अमेरिकामा कंग्रेसका डेमोक्रेट संसदहरूलाई अमेरिकी विदेश नियोग ‘यूएसएड’को मुख्यालयमा प्रवेश गर्नबाट रोक लगाइएको छ । संघीय सुरक्षा अधिकारीहरूले ढोकाहरू बन्द गरेर सोमबार सांसदहरूलाई एजेन्सीको सार्वजनिक लबीमा समेत जान नदिएका हुन् ।

    खर्बपति व्यापारी एलन मस्क र उनको ‘डज’ टास्क फोर्सका सदस्यहरूलाई आधिकारिक सरकारी एजेन्सीको रूपमा काम नगरी आन्तरिक सरकारी प्रणालीहरूमा पहुँच प्राप्त गर्न खोजेको डेमोक्रेट सांसदहरूले आरोप लगाएपछि यो कदम चालिएको बताइएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेपछि मस्कले यूएसएडलाई बन्द गर्न आदेश दिएका थिए । यसैबिच नियोगका कर्मचारीहरूलाई वासिङ्टन मुख्यालय छोड्न आदेश दिइएको थियो भने अधिकारीहरूले एजेन्सीको लबीलाई पुलिस टेपले सिल गरेका थिए ।

    नियोगका ६०० भन्दा बढी कर्मचारीहरूलाई रातारात सिस्टमबाट बाहिर निकालिएको नियोगका कर्मचारीले बताएका छन् । प्रणालीमा रहेकाहरूलाई पनि एउटा इमेल पठाएर सोमबार नियोगको मुख्यालय बन्द हुने जानकारी गराइएको थियो ।
    शनिवार अग्रिम स्पष्टीकरण बिनै यूएसएडको वेबसाइट ब्लक भएको बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय