logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

४३ वर्षअघि पनि पोटोम्याक नदीमा नै खसेको थियो विमान

४३ वर्षअघि पनि पोटोम्याक नदीमा नै खसेको थियो विमान


  • बिहिबार, माघ १७ २०८१

  • वासिङ्टन डीसी । अमेरिकामा अमेरिकन एयरलाइन्सको विमान वासिङ्टन डीसी नजिकै मध्य हावामा ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको छ । उक्त विमानमा ६४ जना सवार थिए । ६० यात्रु र चार चालक दलका सदस्य रहेका छन् ।

    प्रहरी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई दिएको जानकारी अनुसार अहिलेसम्म १८ जनाको शव निकालिएको छ । बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान वासिङ्टनबाट कन्सास जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार टक्करपछि विमान हावामा दुई टुक्रा भई पोटोम्याक नदीमा खसेको थियो । नदीमा खोजी तथा उद्धार कार्य जारी छ ।

    स्थानीय समय अनुसार राति ९ बजे रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्ट नजिकै भएको यस दुर्घटनाको अनुसन्धान सुरु भएको छ ।

    यसअघि यही विमानस्थलनजिक ४३ वर्षअघि दुर्घटना भएको थियो । जनवरी, सन् १९८२ मा एयरफ्लोरिडाको बोइङ ७३७ विमान १४ औँ स्ट्रिट ब्रिजमा ठोक्किँदै पोटोम्याक नदीमा खसेको थियो ।

    रायटर्समा प्रकाशित समाचार अनुसार वासिङ्टन नेसनल एयरपोर्ट (हाल रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्ट) मा विमान उडेको केही समयमा नै दुर्घटना हुन पुगेको थियो । उक्त दुर्घटनामा विमानमा सवार ७८ जनाको मृत्यु भएको थियो भने पुलमा यात्रा गरिरहेका ३ जनाको मृत्यु भएको थियो । पुलमा यात्रा गरिरहेका ७ वटा गाडीमा क्षति पुगेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय