काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा ८० हजार ९ सय ५४ संक्रमित उपचारपछि निको भएका छन् ।
हालसम्म प्रदेश १ मा – ६ हजार ९९२,प्रदेश २ मा – १५ हजार १३३, बाग्मती प्रदेशमा –३२ हजार १२७,गण्डकी प्रदेशमा –४ हजार ३८०,लुम्बिनी प्रदेशमा –११ हजार १०६,कर्णाली प्रदेशमा –३ हजार ५३६ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ६८० जना डिस्चार्ज भएका छन् ।