logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मधेसी दल छापामार शैलीमा एकजुट भए, छापामार शैलीमा टुक्रिएः अध्यक्ष त्रिपाठी

मधेसी दल छापामार शैलीमा एकजुट भए, छापामार शैलीमा टुक्रिएः अध्यक्ष त्रिपाठी


  • बिहिबार, माघ १० २०८१

  • काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले सम्पूर्ण मधेस एक बनाउन एकीकृत हुनुपर्ने बताएका छन् । डा।बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मधेसलाई दुई प्रदेश बनाउने सहमति भएको तर मधेसवादी दलका कारण मधेस ८ जिल्लामा सीमित भएको उनले बताए ।

    छापामार शैलीमा भएको एकीकरण छापामार शैलीमा टुक्रिएको बताउँदै उनले प्रदेशमा चुनाव गराउने समयमा भूगोलमा बेइमान गरेका कारण आफू एकीकरणमा नगएको उनले बताए

    बिहीबार गजेन्द्रनारायण सिंहको २४ औ स्मृति दिवसको उपलक्ष्यमा गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले आयोजना गरेको ‘गजेन्द्र बाबुको चिन्तन र मधेसको भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको मधेसको राजनीति जातका आधारबाट विभाजन भएको बताए ।

    मधेसमा मोर्चा बनाउनका लागि दलहरूको बिचमा सहमति हुनु आवश्यक रहेको समेत उनले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय