logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ: प्रचण्ड

अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ: प्रचण्ड


  • शनिबार, माघ ५ २०८१

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गरेका छन् ।

    मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

    गत मंसिर १५ मा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको भन्दै अब ०८४ को निर्वाचनमा पहिलो दल बन्ने उनको दाबी छ ।

    ‘हामी १ सय २२ ठाउँमा स्थानीय तहमा जितेका थियौं । गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १ सय २३ ठाउँ पुगेको छ,’ प्रचण्डले भने, ‘अब त्यो १ सय २३ लाई हामी २ सय ५० बनाउनेछौं । अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ । यसमा कसैले रोक्न सक्दैन ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय