logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु


  • शनिबार, माघ ५ २०८१

  • विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका ८ भृकुटी टोलमा हात्ती आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    शुक्रबार राति करिब १२ बजे जंगलबाट निस्किएको हात्तीको आक्रमणबाट भृकुटी टोलका ७३ वर्षीय हरिप्रसाद घिमिरेको मृत्यु भएको हो ।

    बच्चासहित आएको माउ हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयलाई उद्दत गर्दै प्रहरीले जनाएको छ । राति घरबाट निस्किएको अवस्थामा नजिकै रहेको जंगलबाट आएको हात्तीले उनलाई आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय