logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एक पटकमात्रै आरक्षणको सुविधा पाउने व्यवस्था गर्न आयोगको प्रस्ताव

एक पटकमात्रै आरक्षणको सुविधा पाउने व्यवस्था गर्न आयोगको प्रस्ताव


  • शुक्रबार, पुष १९ २०८१

  • काठमाडौँ । लोकसेवा आयोगले एक पटकमात्रै आरक्षणको सुविधा पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ । शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुँदा आयोगले सहायक तह र अधिकृत तहमा एक-एक पटकमात्र सुविधा पाउने व्यवस्था गर्न प्रस्ताव गरेको हो ।

    साथै समावेशी समूहबाट सिफारिस गरी पदपूर्ति गरिएको खण्डमा जुन-जुन समावेशी समूहबाट जतिजति संख्यामा पदपूर्ति गरिएको हो उक्त पूर्ति हुन नसकेका समूहहरूको लागि अर्को पटक लगत्तै हुने विज्ञापनमा प्रतिशत निर्धारण गर्दा हाल पूर्ति भएको समावेशी समूहमा कायम भएको पदबाट पदपूर्ति हुन नसकेको समावेशीहरूको पद कायम गर्न प्रस्ताव गरिएको छ ।

    ‘यो व्यवस्था एक पटकको सो समूहको विज्ञापनका हकमा मात्र लागू हुने छ’ भन्ने व्यवस्था थप गर्न आयोगको लिखित सुझाव छ ।

    यसले नेपालको संविधान बमोजिम समावेशी नीतिलाई सम्बोधन गर्न र समावेशितालाई वञ्चित सबै वर्ग र क्षेत्रमा पुर्‍याउने सुनिश्चित हुने आयोगको दाबी छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय