logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जनता उकुसमुकुसमा छन्, कांग्रेसले सम्बोधन गर्नुपर्छः गगन थापा

जनता उकुसमुकुसमा छन्, कांग्रेसले सम्बोधन गर्नुपर्छः गगन थापा


  • मंगलबार, पुष १६ २०८१

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

    मंगलबार मकवानपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए ।

    ‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’

    साथै, उनले ती समस्याहरूको समाधानको प्रयास गर्दागर्दै हुने सामुहिकताको भावना नै राष्ट्रियता भएको जिकिर गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय