logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नागरिकता प्राप्ति सहज बनाउछौँः गृहमन्त्री लेखक

नागरिकता प्राप्ति सहज बनाउछौँः गृहमन्त्री लेखक


  • शुक्रबार, पुष १२ २०८१

  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्ति सहज बनाइने बताएका छन्। शुक्रबार गृहमन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

    उनले भने, ‘जसले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो। उसले नागरिकता पाउनै पर्छ। तर, नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नुहुँदैन। यी दुईवटा कुरामा स्पष्ट छौं।’

    नागरिकता निकै संवेदनशील विषय भएको भन्दै यसलाई गम्भीर र जिम्मेवारीपूर्वक हेर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ। ‘प्रक्रियागत झमेलाका कारणले नागरिकता नपाएको स्थिति हुनुहुँदैन, र सम्मानित सर्वोच्च अदालतबाट पटकपटक फैसला भएका छन्,’ उनले भने, ‘पटकरपटक निर्देशन दिने काम भएका छन् । यी सबै कुरालाई मध्यनजर गरेर नागरिकता प्राप्तमा देखिएका समस्या समाधान गर्न सरकारअगाडि बढेको छ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय