logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ट्रम्पको पदभार अगावै क्याम्पस फर्किन विदेशी विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयको अनुरोध

ट्रम्पको पदभार अगावै क्याम्पस फर्किन विदेशी विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयको अनुरोध


  • शुक्रबार, पुष १२ २०८१

  • वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् । यसैबिच अमेरिकाका कयौँ कलेज र विश्वविद्यालयहरू भने भय र अनिश्चयको स्थितिमा छन् ।

    ट्रम्पले राष्ट्रपतिको शपथ लिनु अघि नै अमेरिका फर्किन जाडो बिदामा घर फर्किएका विदेशी विद्यार्थीहरूलाई विश्वविद्यालयहरूले अनुरोध गरेका छन् । ट्रम्पले यात्रामा प्रतिबन्ध लगाएमा गृह देशमै अलपत्र पर्न सकिने चिन्ताबिच विश्वविद्यालयले यस्तो अनुरोध गरेका हुन् ।

    अमेरिकामा ११ लाखभन्दा धेरै विदेशी विद्यार्थी पढिरहेका छन् । सत्तामा आएपछि ट्रम्पले अध्यागमन नीति थप कसिलो बनाउने कसम खाएका छन् । आफूले पहिलो कार्यकालमा मुस्लिम बहुल देशमाथि लगाएको यात्रा प्रतिबन्ध पनि ब्युँताउने उनले भनेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय