logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पर्सामा रवि लामिछानेको बयान आजै लिने तयारी

पर्सामा रवि लामिछानेको बयान आजै लिने तयारी


  • सोमबार, मंसिर २४ २०८१

  • पर्सा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आजै लिने तयारी गरिएको छ ।

    कास्की प्रहरीको हिरासतबाट प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सा लगिएका रविको बयान आज राति र भोलि बिहान लिने तयारी गरिएको हो ।

    लिखित र मौखिक बयान गराएर भोलि दिउँसो पर्साबाट पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी तथा प्रवक्ता शिखर लम्सालले बताए ।

    यस्तै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रविका समर्थकले नाराबाजी गरिरहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय