logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

त्रिभुवन विश्वविद्यालयले नीति अधिवेशन गर्दै

त्रिभुवन विश्वविद्यालयले नीति अधिवेशन गर्दै


  • बिहिबार, मंसिर २० २०८१

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी मङ्सिर २७ गते नीति अधिवेशन बोलाएको छ । गत साउन १५ गते बसेको त्रिवि सभा नीतिबारे छलफल नभएपछि अहिले नीति अधिवेशन बोलाएको हो ।

    त्रिवि प्रवक्ता यमनबहादुर बोहराका अनुसार त्रिविको विद्यमान नीतिबारे छलफल हुनेछ । त्यसमा नियम कानुनसँग सम्बन्धित विभिन्न एजेन्डाहरूमा छलफल हुनेछ । त्रिविले ऐनका विभिन्न प्रावधानहरू संशोधनको तयारी गरेको छ । अधिवेशनबाट ऐन संशोधन हुनेछ ।

    त्रिविको हिउँदे अधिवेशनका नामले समेत चिनिएको नीति अधिवेशनले महत्त्वपूर्ण निर्णयहरू पारित गर्नेछ । त्रिविले यस विषयमा सरोकारवाला निकायसँग छलफल थालेको छ ।

    सभा सदस्य तथा त्रिवि स्ववियु सभापति श्यामराज ओझाले आफूले समेत अधिवेशनका लागि तयारी गरिहरेको बताए । उनले देशभरका स्ववियुहरूसँग सुझाव माग गरेका छन् ।

    त्रिविमा बर्खे र हिउँदे गरी वर्षमा दुई पटक सभा बस्नुपर्ने व्यवस्था छ । सोही आधारमा त्रिविले हिउँदे अधिवेशन बोलाएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय