logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउनेविरूद्ध कारवाही शुरू

स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउनेविरूद्ध कारवाही शुरू


  • आइतबार, असोज २५ २०७७

  • काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले आज मात्रै चर्को आवाजले डिष्टर्व गर्ने २० वटा मोटरसाईकलहरु कारवाही गरेको छ ।

    महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएकोले कारवाही गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्बसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले रोक लगाउन लागिएको जानकारी दिनुभयो ।

    जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ । ठूलो आवाजका कारण ध्वनी प्रदुषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नुपरेकाले ती मोटरसाइकलहरुलाई कडाइ गर्नु परेको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय