logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पाकिस्तानमा इमरान समर्थकको विरोध चर्किएपछि सेना परिचालन

पाकिस्तानमा इमरान समर्थकको विरोध चर्किएपछि सेना परिचालन


  • मंगलबार, मंसिर ११ २०८१

  • काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ ।

    भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन् ।
    उनीहरुलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप पनि भएको थियो । सोमबारको प्रदर्शन हिंसात्मक बन्दा ६ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी प्रहरीहरु घाइते भएका छन् ।

    स्थिति बिग्रिंदै जान थालेपछि सरकारले सेना परिचालन गरेको हो । इस्लामाबाद प्रशासनले पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार कानुनी व्यवस्था बहाल गर्न सेनाको सहारा लिएको बीबीसीले जनाएको छ । यसको पुष्टि इस्लामावादका डेपुटी कमिश्नल इरफान मेमनले गरेका छन् ।

    पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार सुरक्षा व्यवस्थामा खलल पुर्‍याउनेमाथि गोली हान्न पाउनेसम्मको अधिकार हुन्छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय