logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौंमा एमालेको प्रदर्शन


  • शुक्रबार, मंसिर ७ २०८१

  • काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा र्‍याली निकालेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुने क्रम जारी छ ।

    पञ्चेबाजासहित सुरु भएको र्‍यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरिरहेका छन्। उनीहरुले नेकपा एमाले जिन्दावाद, अघि बढ ओली सरकार, सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाएका छन् ।

    एमालेसहित काठमाडौंमा एकैपटक तीन ठाउँबाट प्रदर्शन हुँदा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ।

    एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा सभा आयोजना गरेको हो । जसलाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय