logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बीआरआईमा सहमति नजुटे परराष्ट्रमन्त्रीको चीन जाने हवाई रुट बदलिने

बीआरआईमा सहमति नजुटे परराष्ट्रमन्त्रीको चीन जाने हवाई रुट बदलिने


  • बिहिबार, मंसिर ६ २०८१

  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ को विषयमा सहमति जुट्न नसके परराष्ट्रमन्त्री आरजु राणा देउवा जापानबाट सिधै चीन जाने योजना बदलिने भएको छ ।

    पूर्व निर्धारित योजना अनुसार नोभेम्बर २९ मा (१४ मंसिर) जापानबाट चीन पुग्ने तय भएको थियो । स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री आगामी सोमबार जापान जाने निश्चित भएको छ । ‘२५ तारिख जापान जानुहुन्छ । २६ र २७ का लागि डाक्टरले समय दिएको छ’ परराष्ट्र स्रोतले भन्यो, ‘२९ तारिख जापानबाट सिधै बेइजिङ पुग्ने कार्यतालिका बनेको थियो ।’

    यता, डिसेम्बर २ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने तय भएको छ ।

    सत्ताको नेतृत्व गरिरहेको एमाले बीआरआई कार्यान्वयन योजनामा सहमति गर्ने पक्षमा देखिएको छ । तर, नेपाली कांग्रेस बीआरआईलाई अनुदान वा सहयोगका रूपमा मात्रै स्वीकार्ने पक्षमा छ । दुई दलबीच सहमति बन्न सकेको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय