logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज पनि सुनको मूल्यमा उच्च गिरावट

आज पनि सुनको मूल्यमा उच्च गिरावट


  • बिहिबार, कार्तिक २९ २०८१

  • सुनको मूल्यमा आज पनि उच्च गिरावट भएको छ।

    मंगलबार तोलामै चौबीस सय रुपैयाँ घटेको सुनको मूल्य आज थप २२ सय रुपैयाँ घटेको हो। विगत पाँच दिनदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको छ।

    सुनको मूल्य आज एक लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६२ हजार दुईसय रुपैयाँ थियो।

    यही कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। त्यसयता सुनको मूल्य निरन्तर घटिरहेको छ। दुई साताको अवधिमा सुनको मूल्य तोलामा ११ हजार घटेको छ।

    आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। हिजो प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँ घट्दै एक हजार नौसय पाँच रुपैयाँमा झरेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय