logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बागलुङमा पिकअपभ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु

बागलुङमा पिकअपभ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु


  • सोमबार, कार्तिक २६ २०८१

  • बागलुङ । बागलुङमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

    बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७  नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै हर्देवा भन्ने स्थानमा दुर्घटनामा परेको  हो ।

    दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको पहिचान खुलिसकेको छैन ।

    भ्यानमा चालकसहित ६ जना सवार थिए । तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ । उनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

    भ्यान सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय