logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौंमा पेस्तोलसहित १ जना पक्राउ

काठमाडौंमा पेस्तोलसहित १ जना पक्राउ


  • आइतबार, कार्तिक ११ २०८१

  • काठमाडौं । काठमाडौंमा एक जना पेस्तोलसहित पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दैलेख घर भई हाल काठमाडौं महानगरपालिका–१६, बस्दै आएका २५ वर्षीय अनिल खड्का छन् ।

    पेस्तोल देखाएर डरत्रास फैलाउँदै हिँडेको सूचनाका आधारमा खड्कालाई शनिबार राति करिब ९ बजे रानीवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

    उनको साथबाट अटो पेस्तोल यूएसए ६५ एनओ १ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरिएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय