logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा एक युवक पक्राउ

सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा एक युवक पक्राउ


  • शुक्रबार, असोज २३ २०७७

  • काठमाडौं । भक्तपुरमा सार्वजनिक बसमा युवतीको सामूहिक बलात्कार गरेको आरोप लागेका युवक झापाबाट पक्राउ परेका छन् । प्रहरीले झापा चन्द्रगढी पृथ्वीनगर–१ का २१ वर्षीय दीपेश राइलाई भद्रपुरबाट पक्राउ गरेको हो ।

    बलात्कारमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका २२ वर्षीय निरकुमार खड्का र २१ वर्षीय सूर्य श्रेष्ठलाई पक्राउ गरिसकेको छ । पीडित युवतीका अनुसार यो समूहले असोज १६ गते रत्नपार्कमा पानीमा लड्याउने औषधि मिसाएर दिएको थियो । रत्नपार्कबाट धक्तपुर सूर्यविनायकमा पु¥याएर १७ गते बलात्कार गरेको थियो ।

    घटनापछि अर्को समूहले चाँगुनारायण नगरपालिका–८, लिवालीस्थित तवियाखुशी खोला किनामा पार्किङ गरिराखेको बसमा लगेर बलात्कार गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय