logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक


  • शुक्रबार, असोज १८ २०८१

  • काठमाडौँ । चितवनको नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

    यात्रुवाहकलाई प्राथमिकता दिनेगरी ठुला सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए । उनले भने, ‘औषधी र तरकारी बोकेका बाहेक अन्य ठुला सवारी कार्तिक १ गतेसम्म बन्द रहन्छन् ।’ विभागको निर्णयअनुसार चितवनको नारायणघाट र सौराहा क्षेत्रमा ट्रेलर सहितका ठुला सवारी साधन रोकिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बागमतीका एसपी नरेश सुवेदीले जानकारी दिए ।यातायात आवागमन सहज बनाउन भन्दै विभागले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठुला सवारी साधनहरू २०८१ साल आश्विन १७ गते घटस्थापनादेखि कार्तिक १ गते पूर्णिमासम्म रोक्ने निर्णय गरेको थियो । आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालयल खुलेको अवस्थामा नरोक्ने निर्णय भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय